
सिलगढ़ी, 23 दिसम्बर (हि.स)। दार्जीलिङ जिल्लामा पहाड़ एवं मैदानी क्षेत्रका वाहन चालकहरूमाझ विवाद भइरहेकोले मंगलवारदेखि दार्जीलिङका वाहनहरूले सिलगढ़ीबाट पर्यटकहरूलाई लिएर जान पाउने छैनन्। मंगलवार बिहानदेखि पर्यटकहरू सामान्य रूपमा सिलगढ़ीका वाहनहरूबाटै दार्जीलिङतर्फ प्रस्थान भइरहेका छन्। यद्यपि वाहन चालकहरू यस समस्याको चाँड़ै समाधान होस् भन्ने चाहन्छन्। सबैको माग छ, दुवै पक्षले आपस्तमा बातचित गरेर यस विवादलाई सुल्झाओस्।
उल्लेखनीय छ, पछिल्लो केही हप्तादेखि सिलगढ़ीबाट दार्जीलिङ जाने पर्यटक वाहनहरूलाई पहाड़मा साइड सीन गर्नदेखि रोक लगाएको आरोप लाग्दै आइरहेको छ। यस मुद्दालाई लिएर कैयौं पटक बातचित भइसकेको छ, तर कुनै स्थायी समाधान निक्लिन सकेन। त्यसपछि गए सोमवार समतलका वाहन चालकहरूले पनि घोषणा गरे, अब दार्जीलिङको कुनै पनि वाहनले समतलबाट पर्यटकहरूलाई लिएर जान पाउने छैनन्। दार्जीलिङका वाहनहरूले पर्यटकहरूलाई यहीँ छोड़ेर रित्तो फर्किनुपर्नेछ।
यसपूर्व पहाड़मा वाहनहरूलाई रोकेको घटनालाई लिएर समतलका वाहन चालक तथा टुर अपरेटर संगठनहरूले जिल्लाधिकारी, पुलिस अधीक्षक सहित विभिन्न प्रशासनिक अधिकारीहरू समक्ष सिकायत गरेका थिए। पछि प्रशासनको मध्यस्थतामा दुवै पक्षबीच बैठक पनि भयो। बैठकमा पहाड़का वाहन चालक संगठनहरूले माग राखे, पहाड़मा साइड सीनको लागि पर्यटकहरूले स्थानी वाहनहरूलाई नै भाड़ामा लिनुपर्छ। जबकि सिलगढ़ीका वाहनहरूले पर्यटकहरूलाई पहाड़सम्म पुऱ्याउन मात्र पाउनेछन्। यसैको विरोधमा अब समतलका वाहन चालकहरूले यो जवाफी कदम उठाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा