लाखौंको लूट मामिलामा आरोपी पक्राउ
लाखौंको लूट मामिलामा आरोपी पक्राउ


प्रयागराज, 23 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लामा करछना थाना क्षेत्रको घोड़े डीह एवं मझुआ गाउँबीच सोमवार अबेर राति भएको लाखौंको लूट मामिलामा मुद्दा दर्ता गरी जाँच शुरू गरिएको छ। पुलिसको एक टीमले राति नामजद आरोपीलाई पक्राउ गरेको छ। यो जानकारी पुलिस उपायुक्त यमुनानगर विवेक चन्द्र यादवले दिए। डीसीपी यमुनानगरले बताए, करछनाको मझुआ गाउँ निवासी चन्दन सोनीलाई सोमवार अबेर राति गाउँ निकट गोली हानेर लगभग दुई किलो चांदी एवं अन्य धातुले निर्मित गहना लूटेर बदमाशहरू भागेका थिए।

घाइते आभूषण व्यापारीलाई उपचारको निम्ति भर्ता गराइयो। यस सम्बन्धमा पीड़ितका भाईको शिकायतमा तत्काल मुद्दा दर्ता गरी जाँच शुरू गरिएको छ। संदिग्धहरूको खोजीमा पुलिस टीमले सम्भावित स्थानहरूमा निरन्तर छापा मारिरहेको छ। नामजद अभियुक्त आशिष उपाध्यायलाई हिरासतमा राखिएको छ र सोधपुछ भइरहेको छ। पीड़ितको भाइले आइतवार दिउँसो छिमेकी गाउँका निवासी आशिष उपाध्यायसँग आर्थिक लेनदेनको विषयमा विवाद भएको आरोप लगाएका छन्। विवादको क्रममा आरोपीले उनलाई धम्की दिएका थिए। करछनाका सहायक पुलिस आयुक्त सुनील कुमार सिंहको नेतृत्वमा पुलिस टोलीले संदिग्धहरूको निरन्तर खोजी गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande