हेरोइनको साथ दुई पक्राउ
हेरोइनको साथ दुई पक्राउ


गुवाहाटी, 23 दिसम्बर (हि.स.)। गुवाहाटीको पानबजार पुलिसले गुप्त सूचनाको आधारमा अभियान चलाएर हेरोइनको साथ दुई तस्करलाई पक्राउ गरेको छ। पुलिस अनुसार, पानबजार पुलिस थानाको टोलीले आज रेलवे गेट नम्बर 3 नजिकै गरिएको कारबाहीको क्रममा हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ।

खानतलासीको क्रममा कालो पोलिथिन झोलामा लुकाइराखेको 14 वटा भाइल (21.1 ग्राम) शंकास्पद हेरोइन र 420 रूपियाँ नगदी जफत गरिएको छ। पक्रा परेका तस्करहरूको पहिचान अलीमोन बेगम (दरंग) र सोहिद अली (धुबरी) को रूपमा गरिएको छ। पुलिसले एनडीपीएस एक्टका धाराहरू अन्तर्गत एफआईआर दर्ता गरी कानूनी कारबाही शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande