
सिलगढ़ी, 23 दिसम्बर (हि. स.)। सिलगढ़ी नगरनिगमको पहलमा सिलगढ़ी यूनाइटेड क्रिश्चियन फोरमको सहयोगमा क्रिसमसको अवसरमा मंगलवार एक भव्य रंगारंग ऱ्याली आयोजना गरियो।
यो ऱ्याली कञ्चनजङ्घा स्टेडियमदेखि शुरू भएर भेनस मोड़, सेवक मोड़ हुँदै एयरभ्यु मोड़मा पुगेर सम्पन्न भयो। ऱ्यालीमा सामेल मानिसहरूले सामाजिक सन्देश दिने पोस्टरहरू हातमा बोकेर गीतहरूको माध्यमबाट उत्सव अनि सौहार्दको सन्देश फैलाए। ऱ्यालीको समापन पश्चात एयरभ्यु मोड़मा सांस्कृतिक कार्यक्रम आयोजना गरियो जहाँ विभिन्न आयु वर्गका मानिसहरूले क्रिसमसका खुशीहरूको आनन्द उठाए।
कार्यक्रममा मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, नगर आयुक्त, बोरो चेयरपर्सन, मेयर परिषदका सदस्य, नगरनिगमका अधिकारी एवं विभिन्न संगठनहरूका प्रतिनिधिगण उपस्थित थिए।
यस आयोजनमा ईसाई समुदायसँगसँगै अन्य समुदायका मानिसहरू सामेल रहेको देख्न पाइयो। आपसी सौहार्द एवं उत्सवको यस संगमले सिलगढ़ीमा आयोजित क्रिसमस कार्निभल-2025 लाई एक विशेष पहिचान दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा