खरसाङको कटलेरी रोडकाे पूलकाे निर्माण कार्य शुरु
Road construction


खरसाङ, 22दिसम्बर (हि.स.)। जीटीए चिफ् अनित थापाको सहयोग अनि सभासद श्याम शेर्पा र गाउँलेहरुकाे पहलमा खरसाङको कटलेरी रोडकाे पुलकाे निर्माण कार्य शुरु गरिएको छ।

वार्ड नम्बर 3 अन्तर्गत कटलेरी रोड सन्त अल्फनसेस प्राईमेरी स्कूल छेउको पुल क्षतिग्रस्त भएकाले गाडीहरुकाे यतायत बन्द भएको थियो। उक्त बाटो सन्त जोसेफ प्राईमेरी स्कूल, वार्ड नम्बर 2, 3 र 4 का वासिन्दाहरु साथै डाउहिल रोड र राष्ट्रिय राजमार्ग जोड्ने यो एउटा महत्त्वपूर्ण रोड हो‌। यो पुल क्षतिग्रस्त हुँदा धेरैलाई यसकाे असर परेको छ र असुविधा भएको छ।

आज 28 नम्बर समष्टिका सभासद श्याम शेर्पाद्वारा सिँचाई विभागका अभियान्ताहरु र अन्य कर्मचारीहरुको साथमा कार्यको निरीक्षण गरे। सभासद् शेर्पाले जानकारी गराए अनुसार, ब्रिटिशकालमा नै निर्मित यो पुलले उक्त क्षेत्रका मानिसहरुलाई धेरै सुविधा भएको थियो र आउजाउ गर्न पनि सजिलो थियो। तर, विगत वर्षदेखि उक्त क्षेत्रमा पैह्रो गएकाे र पुल पनि धेरै पुरानो भएकाले भत्किएको थियो। उक्त पुलमाथि गाडी कुदाउनु धेरै खतरा भएपछि यस रोडमा गाडी कुदाउनु बन्द गरिएको थियो।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा वार्ड नम्बर 3 काे प्रतिनिधिहरुको लगातर प्रयास र सभासद श्याम शेर्पाको पहलमा यस कार्यकाे लागि जीटीए चिफ् अनित थापाले स्वीकृति दिएपछि कार्य शुरु भएको छ। आज सभासद शेर्पासित वार्ड नम्बर 3 का सभापति प्रणीत, सदस्य अशोक लामा, नारी शक्ति वार्ड नम्बर 3 काे को-अर्डिनेटर डिम्पल लामा, झुमा राणा लेप्चा, करुणा प्रधान र अन्यकाे उपस्थिति रहेको थियो। सबैले कार्य शुरु भएकोमा हर्ष प्रकट गर्दै जीटीए चिफ अनि क्षेत्रीय सभासदप्रति धन्यवाद ज्ञापन गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande