
सिलगढ़ी, 22 दिसम्बर (हि.स)। बंगलादेशमा हिन्दू अल्पसंख्यकहरूमाथि भइरहेको कथित अत्याचार औ हिन्दू युवक दिपु दासको हत्याको विरोधमा सोमवार सिलगढ़ीमा व्यापक विरोध प्रदर्शन गरियो। स्थानीय संगठन हिन्दू जागरण मञ्चको आह्वानमा सोमवार मानिसहरूले बाघाजतिन पार्कमा भेला भएर एक विशाल ऱ्याली निकाले जुन शहरका प्रमुख मार्गहरू हुँदै बंगलादेश भिजा कार्यालय सामु पुग्यो। ऱ्यालीमा सामेल मानिसहरूले बंगलादेशमा हिन्दुहरूमाथि भइरहेको अन्यायलाई बन्द गर्ने अनि दिपु दासको हत्याको न्यायिक जाँच गर्ने माग गरे।
भिजा कार्यालय सामु प्रदर्शनकारीहरूले विरोधस्वरूप ब्यानर च्याते अनि बंगलादेश सरकारविरूद्ध पुतला दहन गरे। हिन्दू जागरण मञ्चले चेताउनी दिएको छ, यदि उनीहरूको माग पूरा भएन भने भविष्यमा अझ व्यापक आन्दोलन गर्नेछन्। विरोध प्रदर्शन अवधि सुरक्षा व्यवस्थालाई कायम राख्न पुलिसलाई तैनाथ गरिएको थियो।
उल्लेखनीय बंगलादेशको म्यमेनसिंहस्थित भालुका क्षेत्रमा हिन्दू युवक दिपु दास (27)- को भीड़ले कुटेरै हत्या गरेपछि सार्वजनिक रूपमा रूखमा झुण्डाएर जलाइदिएको थियो। यस घटनाको भारतमा कड़ा विरोध भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा