
कोलकाता, 22 दिसम्बर (हि. स.)। कोलकाताको राजा बजार क्षेत्रमा सोमवार बिहान सार्वजनिक रूपमै एकजना फल बिक्रेताको धारिलो हतियारले प्रहार गरी हत्या गरिएको मामिला प्रकाशमा आएको छ। यस घटनापछि राजा बजार क्षेत्र तनाउग्रस्त भएको छ। मृतकको पहिचान मेहताब आलमको रूपमा भएको छ। घटनाको कारणले स्थानीय मानिसहरूमा सन्त्राष व्याप्त भएको छ।
जानकारी अनुसार बाइकमा सवार भएर आएका उपद्रवीहरूले महताब आलममाथि अचानक हमला गरे। हमला गरिसकेपछि आरोपीहरूले घटनास्थलबाट सुइँकुच्चा ठोके। स्थानीय मानिसहरूले घाइते महताबलाई तुरून्तै अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
हाल यो स्पष्ट हुन सकेको छैन कि यस ज्यानमारा हमलाको पछाड़ि के कारण थियो र यसमा को-को सामेल छन्। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ। आक्रमणकारीहरूको खोजीमा सीसीटीभी फुटेजहरूको जाँच गरिँदैछ। यसको साथै क्षेत्रमा सुरक्षा व्यवस्था बढ़ाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा