
कोलकाता, 22 दिसम्बर (हि.स.)। पश्चिम बंगालको उत्तर 24 परगना जिल्लास्थित सन्देशखाली मामिलासित सम्बन्धित एक जना गवाहको सड़क दुर्घटनामा मृत्यु भएको मामिलामा पुलिसले ठूलो कदम उठाएको छ। यस मामिलामा आरोपी ट्रक चालक अलिम मोल्लालाई सोमवार सबेरै पक्राउ गरियो। यो दुर्घटना सत्यमजीत घोषको मृत्युसित जोड़िएको छ जो निलम्बित तृणमूल नेता शेख शाहजहाँ विरूद्ध दर्ता आपराधिक मामिलाका प्रमुख गवाह भोला घोषको कान्छा छोरा थिए। दक्षिण बंगालका आईजी सुप्रतिम सरकारले पक्राउको पुष्टि गर्दै बताए, उसलाई दुर्घटनाको सिलसिलामा पक्राउ गरिएको हो। जाँचबुझ गरी यो पत्तो लगाउने चेष्टा गरिनेछ कि यसको पछाड़ि कुनै कारण रहेको छ।
सरकार अनुसार अलिम मोल्लालाई जिल्लाको एक गुप्त ठेगानाबाट बिहान पक्राउ गरिएको हो। तथापि पुलिसले पक्राउको सठीक स्थानलाई लिएर कुनै जानकारी सार्वजनिक गरेको छैन। आरोपीलाई आज नै उत्तर 24 परगना जिल्ला अदालतमा पेश गरिनेछ जहाँ सरकार वकिलले पुलिस हिरासतको माग गर्नेछन्।
यस मामिलामा अहिलेसम्ममा यो पाँचौ पक्राउ हो। साथै अलिम ती दशजना मानिसहरूमध्ये दोस्रो आरोपी हो जसको नाम भोला घोषले यसै महिना नाजात थानामा दर्ता सिकायतमा उल्लेख गरेका थिए। यसपूर्व पक्रा पर्ने तीन जना मानिसहरूको नाम भोला घोषकै सिकायतमा सामेल थिएन।
यो दुर्घटना गत 10 दिसम्बरमा भएको थियो। भोला घोष आफ्नो छोरा सत्यजीत घोषसित जिल्ला अदालत तर्फ गइरहेका थिए जहाँ उनलाई शेख शाहजहाँ विरूद्ध आफ्नो बान दर्ता गराउनुथ्यो। बीच बाटोमै एक द्रूत गतिको ट्रकले उनीहरूको वाहनलाई ठक्कर दियो जसमा सत्यमजीत घोषको घटनास्थलमै मृत्यु भयो भने भोला घोष आफ्नो ज्यान बचाउन सफल भए। उनीहरूको वाहनमा सवार शहनुर मोल्लाको पनि उपचारको क्रममा मृत्यु भयो।
भोला घोषले लगातार यो दाबी गर्दै आइरहेका छन्, हमला उनीमाथि गरिएको थियो, उनको छोरामाथि होइन। उनको भनाइ छ, उनी शेख शाहजहाँ विरूद्ध महत्वपूर्ण गवाह हुन्, त्यसैले उनलाई लक्षित गरिएको हो। उनले यो पनि आरोप लगाए, 16 चक्के ट्रकलाई आलम मोल्लाले नै चलाइरहेको थियो।
हाल पुलिसले सम्पूर्ण मामिलाको गहन जाँच गरिरहेको छ। यस मामिलामा अझ पक्राउ हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा