तीन चतुर चोर पुलिसको कब्जामा
तीन चतुर चोर पुलिसको कब्जामा


गुवाहाटी, 22 दिसम्बर (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिसले चोरीको मामिलामा सामेल तीनजना चतुर चोरहरूलाई पक्राउ गरेको छ।

पुलिसले सोमवार बतायो, गुप्त सूचनाको आधारमा वशिष्ठ पुलिस थानाको एक टीमले बनगाउँमा खोजी अभियान संचालन गरी तीनजना चतुर चोरहरूलाई त्यसबेला पक्राउ गऱ्यो जतिबेला चोरहरू एक ई-रिक्शा (एएस01-ईआर-2550)- मा चोरीका सामानहरू लगिरहेका थिए।

पक्रा पर्ने चोरहरूको पहिचान अल्ताफ अली (22, बरपाथर),दीपक छेत्री (25, नौ माइल) औ सुनिल बाँसफोर (22, बनगाउँ)- को रूपमा गरिएको छ। यी आरोपीहरूबाट पुलिसले अभियान अवधि एउटा कटर मशिन (23 भोल्ट), एउटा ड्रिल मशिन, एउटा एक्साइड ब्याटरी (12 भोल्ट) र सात वटा फलामको पाइप जफत गरियो। घटनाको सम्बन्धमा पुलिसले एक प्राथमिकी दर्ता गरी कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande