
खड़गपुर, 23 दिसम्बर (हि.स.)। खड़गपुर ग्रामीण थाना पुलिसले मादक पदार्थ तस्करी विरुद्ध ठूलो सफलता हात पार्दै 22 किलो गॉंजाको साथमा सात जना अन्तरराज्यीय तस्करलाई पक्राउ गरेको छ। यस क्रममा तस्करीमा प्रयुक्त एउटा ट्रक र एउटा स्कर्पियो वाहन पनि जफत गरिएको छ।
सोमवार सॉंझ खड़गपुर ग्रामीण थाना परिसरमा आयोजित पत्रकार सम्मेलनमा खड़गपुरका एसडीपीओ धीरज ठाकुरले घटनाको पुष्टि गर्दै भने, पुलिसलाई गॉंजा तस्करीसॅंग सम्बन्धित आपराधिक गतिविधिहरूको गुप्त सूचना प्राप्त भएको थियो। सूचनाको आधारमा खड़गपुर ग्रामीण थाना पुलिसले राष्ट्रिय राजमार्ग 16 मा बसन्तपुर छेउ कालिआडा क्षेत्रमा विशेष अभियान चलायो। अभियान अवधि एउटा ट्रक र एउटा स्कर्पियो वाहनलाई रोकियो र वाहनहरूको छानबिन गर्दा 22 किलो गॉंउ बरामद गरियो।
एसडीपीओले भने, कारबाहीको क्रममा आरोपीहरूबाट 11 हजार रूपियॉं नगद र केही वाहनका जाली नम्बर प्लेटहरू पनि जफत गरिएका छन्। प्रारम्भिक जॉंचमा पक्रा पर्ने सबै सात आरोपी एक संगठित अन्तरराज्यीय गॉंजा तस्करी समूहसॅंग सम्बन्धित रहेको र उनीहरूको सम्बन्ध बिहार, हरियासहित अन्य राज्यहरूसॅंग रहेको कुरा अघि आएको छ।
सबै सात आरोपीहरूलाई सोमवार खड़गपुर महकुमा अदालतमा पेश गरिएपछि 10 दिनको पुलिस हिरासतमा पठाइएको पुलिसले बताएको छ। पुलिस अब पक्रा परेका आरोपीहरूसॅंग गहन सोधपुछ गरेर तस्करी नेटवर्क, आपूर्तिको स्रोत र सम्भावित ठेगानाहरूको पत्ता लगाउन जुटेको बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी