
नयॉं दिल्ली, 23 दिसम्बर (हि.स.)। लोकसभामा नेता प्रतिपक्ष राहुल गॉंधीले आफ्नो पॉंच दिवसीय जर्मनी भ्रमणको क्रममा भारतीय जनता पार्टीमाथि भारतीय संविधानको मूल भावनालाई कमजोर बनाउन षड़यन्त्र रचेको आरोप लगाएका छन्। उनले भाजपामाथि संविधानमा निहित समान अधिकार, राज्यहरूको समानता, भाषायी विविधता र धार्मिक समानताको विचार समाप्त गर्न चाहन्छ भनी आरोप लगाएका छन्।
कांग्रेस नेता राहुलले बर्लिनस्थित हर्टी स्कूलमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूसॅंग संवाद गरेको सोमवार राति लगभग एक घण्टाको भिडियो सोशल मिडियामा जारी गरेका छन्। यस भिडियोमा राहुलले लोकतन्त्र, संस्था र वैश्विक स्थितिमाथि आफ्ना विचारहरू राखे।
उनले भने, भारतको लोकतान्त्रिक संस्थाहरू स्वतन्त्र रूपमा काम गर्न सकिरहेको छैन। सीबीआई र प्रवर्तन निदेशालय जस्ता एजेन्सीहरूलाई विरोधीहरू विरुद्ध राजनीतिक हतियारको रूपमा उपयोग गरिॅंदैछ। कांग्रेसको लडाई केवल भाजपासॅंग छैन, तर संस्थागत ढॉंचा र एजेन्सीहरूमाथि कथित कब्जा विरुद्ध पनि हो।
उनले दाबी गर्दै भारतको हरियाणा प्रान्तको मतदाता सूचीमा एक विदेशी महिलाको नाम पाएको मुद्दा पनि उठाए, तर निर्वाचन आयोगबाट सन्तोषजनक जवाफ पनि नपाएको बताए। राहुलले महाराष्ट्र विधानसभा चुनाउको निष्पक्षतामाथि पनि प्रश्न उठाए। राहुलले भने, भारतमा व्यापक स्तरमा रोजगार सृजनको लागि विनिर्माण क्षेत्रलाई दह्रिलो बनाउनु आवश्यक छ। भाजपा सरकारले केही ठूला उद्योग समूहहरूलाई प्राथमिकता दिएको छ। नोटबन्दी र वस्तु एवं सेवा कर जस्ता नीतिहरूले साना र मध्यम उद्योगहरूलाई नोक्सान पुगेको छ।
राहुलले भने, भारत यति ठूलो र विविध देश हो जसको भविष्य एक व्यक्तिले तय गर्न सक्दैन। संविधानले भारतलाई राज्यहरूको संघ मान्दछ, तर वर्तमान सरकार यसमाथि व्यापक चर्चाको लागि तयार छैन।
हिन्दुस्थान समाचार / भवानी थामी