अमित शाहले स्वामी श्रद्धानन्दको बलिदान दिवसमा श्रद्धाञ्जली अर्पण गरे
Union Home Minister Amit Shah's visit to Ahmedabad and Mehsana cancelled


नयॉं दिल्ली, 23 दिसम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले स्वामी श्रद्धानन्दको बलिदान दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। स्वामी श्रद्धानन्द सरस्वतीले स्वराज र भारतीय संस्कृतिको संरक्षणका लागि समान रूपमा योगदान दिएको र जीवनभर सामाजिक कुरीतिहरूविरुद्ध संघर्ष गरेको शाहले बताएका छन्।

केन्द्रिय गृहमन्त्री शाहले एक्स पोस्टमा भने, 'स्वामी श्रद्धानन्दले महिला शिक्षाको प्रवर्द्धन गर्न तथा भारतीय बौद्धिक परम्पराको विकासमा अविस्मरणीय भूमिका निर्वाह गर्नुभयो।' शाहले स्वामी श्रद्धानन्दको योगदानलाई देशका लागि प्रेरणास्रोत भएको बताए।

स्वामी श्रद्धानन्द सरस्वती आर्य समाजका प्रमुख नेता, समाज सुधारक तथा स्वतन्त्रता आन्दोलनका सक्रिय कार्यकर्ता थिए। उनी स्वामी दयानन्द सरस्वतीबाट प्रेरित थिए तथा शिक्षा, महिला सशक्तीकरण र सामाजिक समानताका लागि आजीवन कार्य गरे। गुरुकुल काङ्गडी विश्वविद्यालयको स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेको थियो। उनले छुवाछुत, कुरीति तथा सामाजिक विभेदविरुद्ध आवाज उठाए। २३ दिसम्बर, १९२६ मा उनको बलिदान भएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande