
अलाप्पुझा, 23 दिसम्बर (हि.स.)। केरलको अलाप्पुझा जिल्लामा बर्ड फ्लू (एवियन इन्फ्लुएन्जा) को कारण सात पञ्चायतमा 20 हजारभन्दा बढ़ी हाँस मरिसकेका छन्। यो प्रकोप कुट्टनाड क्षेत्रका धेरै क्षेत्रहरूमा फैलेको छ, जसमा नेडुमुडी, चेरुथाना, करुवट्टा, कार्तिकप्पल्ली, अम्बलाप्पुझा साउथ, पुन्नप्रा साउथ र ठाकझी सामेल छन्। यी क्षेत्रहरूमा हाँसहरूमा एवियन इन्फ्लुएन्जासित सम्बन्धित सामान्य लक्षण देखिएपछि यिनीहरू मरे।
केन्द्रीय पशुपालन विभागले राज्य सरकारलाई जानकारी गराएको छ कि मृत्युमा अचानक वृद्धि भएपछि सर्वप्रथम थिरुवल्लाको प्रयोगशालामा नमूनाहरूको परीक्षण गरिएको थियो, जहाँ नतिजा सकारात्मक आएयो। त्यसपछि नमूनाहरू पुष्टिकरणको लागि भोपाल पठाइएको थियो। भोपालको उच्च सुरक्षा पशु रोग प्रयोगशालामा गरिएको परीक्षणले पनि एभियन इन्फ्लुएन्जाको पुष्टि गरेको छ। यी निष्कर्षहरूको आधारमा केन्द्रिय पशुपालन विभागले प्रकोपबारे औपचारिक रूपमा राज्य सरकारलाई सूचित गरेको छ। प्रशासनले प्रभावित क्षेत्रहरूमा रोगलाई फैलिनुदेखि रोक्न र जिल्लामा पोल्ट्री पालन सुरक्षा सुनिश्चित गर्न निवारक र नियन्त्रण उपायहरू लागू गरिने सम्भावना छ।
राज्य सरकारले रोगलाई फैलिनदेखि रोक्न मानक सञ्चालन प्रक्रियाहरू (एसओपी) लागू गरेको छ। संक्रमित क्षेत्रको एक किलोमिटर दायरा भित्रका सबै पक्षीहरूलाई मार्ने आदेश जारी गरिएको छ। प्रभावित क्षेत्रको 10 किलोमिटरको दायराभित्र अण्डा, मासु र पोल्ट्री उत्पादहरूको बिक्री र ढुवानीमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। बर्ड फ्लू मुख्यतया पक्षीहरूको रोग हो तर स्वास्थ्य विभागले सुरक्षाको दृष्टिले निर्देशिका जारी गरेको छ। मानवमा यसको संक्रमण धेरै दुर्लभ छ, त्यसैले आत्तिनु पर्दैन। बिरामी वा मरेका चराहरूलाई सिधै नछुनुहोस्। यदि कुनै असामान्य चराको मृत्यु देखियो भने तुरुन्तै पशुपालन विभागलाई जानकारी दिनुहोस्।
हिन्दुस्थान समाचार / भवानी थामी