
चण्डीगढ़, 23 दिसम्बर (हि.स.)। हरियाणाको कुरूक्षेत्रमा अंगीठीको ग्यासले सास निसासेर पाँच प्रवासी मजदूरको मृत्यु भयो। पाँचै श्रमिक सोमवार राति कुरूक्षेत्रको एक होटलमा पुगेका थिए औं मगंलवारदेखि यहाँ पेन्टको काम शुरू गर्नुथियो। सबै मृतक मजदूर उत्तर प्रदेशको सहारनपुरको निवासी थिए। मंगलवार बिहान सबै मजदूर एक कमरामा मृत पाइए। प्रारम्भिक जाँचमा पुलिसको भनाई छ, ठण्डाको कारण अंगीठी जलाएर सुतेका थिए र ग्यासको चपेटमा परेर सबैको मृत्यु भयो।
पुलिस अनुसार, सोमवार साझँ सहारनपुरबाट ठेकेदार नूरको साथ चार जना पेन्ट गर्न कुरूक्षेत्र पुगेका थिए। साझँ यहाँ पुगेका मजदूर राति खाना खाएपछि होटलको कमरामा सुतेका थिए। बन्द कमराको दैलो जब बिहान धेरै बेरसम्म खोलिएन, तब होटलका कर्मचारीहरूले उनीहरूलाई जगाउने प्रयास गरे। उनीहरू नउठेको जानकारी पुलिस र मेनेजरलाई दिइयो। कमराभित्र अंगीठी जलेको थियो। प्राथमिक रूपमा यही अंगीठीको धुआँमा सास निसासेको अनुमान लगाइँदैछ। होटल कर्मचारीहरू अनुसार, कमराभित्र कोइलाको अंगीठी जलेको थियो। प्राथमिक रूपमा यही अंगीठीको धुआँमा सास निसासेको अनुमान लगाइँदैछ। अहिले पुलिसले होटल मालिकलाई बोलाएको छ साथै सबै पाँचै मृतकबारे पनि जानकारी जुटाइँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी