प्रधानमन्त्री मोदीले चौधरी चरण सिंहको जयन्तीमा दिए श्रद्धाञ्जली
pm modi


नयॉं दिल्ली, 23 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पूर्व प्रधानमन्त्री तथा भारत रत्न चौधरी चरण सिंहको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पित गरेका छन्। प्रधानमन्त्रीले भने, चौधरी चरण सिंहले आफ्नो सम्पूर्ण जीवन वंचित वर्गहरूको कल्याण, कृतिको प्रगति र किसानहरूको समृद्धिको लागि समर्पित गरे।

उनले एक्समा भने, चौधरी चरण सिंहले किसानहरूका अधिकार र ग्रामीण भारतलाई सशक्त बनाउनमा उल्लेखनीय कार्य गरे। उनका विचार र नीतिहरू आज पनि देशको लागि प्रेरणास्रोत हुन्। चौधरी चरण सिंहको राष्ट्र निर्माणमा योगदानलाई देशले कहिल्यै भुल्ने छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande