दुई महिला ड्रग्स तस्कर पक्राउ
दुई महिला ड्रग्स तस्कर पक्राउ


गुवाहाटी, 24 दिसम्बर (हि.स.)। गुवाहाटीको गोरचुक पुलिसले ड्रग्स तस्करी मामिलामा सामेल दुई कुख्यात महिला ड्रग्स तस्करलाई पक्राउ गरेको छ।

पुलिसले बुधवार बताए अनुसार, गोरचुक पुलिस स्टेशनको डब्ल्यूजीपीडी टीमले गोप्य सूचनाको आधारमा कोटाबारी तालेब अली पथमा छापा मारेर ताराबारी बरपेटा निवासी दुई ड्रग्स तस्करहरू, अमिना बेगम (35) र अम्बिया खातुन (26) लाई पक्राउ गरेको छ।

पक्रा परेका दुई अभियुक्तहरूको खोजी गर्दा, पुलिसले 26.49 ग्राम हेरोइन, दुई मोबाइल फोन र 8,470 रुपियाँ नगद जफत गरेको छ। घटनाको सम्बन्धमा पुलिसले एनडीपीएस एक्ट अन्तर्गत प्राथमिकी दर्ता गरी कानूनी कारबाही शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande