
तीनधारे, 24 दिसम्बर (हि.स.)। तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीमा दशजना गोर्खा जनमुक्ति मोर्चाबाट भागोप्रमोमा सामेल भएका छन्।
जंगपाना चियाबारीको तल्लो गाउँमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न भयो। सभा हेमकुमार देवानको अध्यक्षतामा सम्पन्न भएको थियो। यस सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सह सचिव रुम्तम गुरुङ, महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीका उप सभापति सन्तोष गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए।
यसै सभामा जंगपाना चियाबारीबाट दशजनाले गोजमुमोलाई त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। सामेल हुनेहरुलाई सभापति सागर गुरुङको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरेर साथै खदार्पणसहित पार्टीमा स्वागत जनाइयो।
गोजमुमोबाट भागोप्रमोमा सामेल हुनेहरुमा दिनेश गुरुङ, पवन गुरुङ, प्रवीण गुरुङ, मन्दिप देवान, अन्जिव देवान, सबिन देवान, सुदेश देवान, नरेन तामाङ, राजु गुरुङ, र बिनोद तामाङ सामेल छन्।
हिन्दुस्थान समाचार / हनोक