
आसनसोल, 24 दिसम्बर (हि. स.)। आसनसोल शहर लगायत यस वरपरका क्षेत्रहरूमा बुधवार बिहान बाक्लो कुहिरो लागेको कारण यहाँको जनजीवन अस्तव्यस्त भयो। दृश्यता यतिसम्म पुगेको थियो कि दश मीटर परसम्म केही देखिँदैनथ्यो जसले गर्दा विशेष गरी वाहन चालकहरूलाई विभिन्न समस्याको सामना गर्नु पऱ्यो।
प्राप्त जानकारी अनुसार बिहान मानिसहरू आ-आफ्नो कार्यक्षेहरू जस्तै कार्यालय, कारखाना आदितर्फ गइरहेको बेला कुहिरोको धमिलोपनले गर्दा सड़कहरूमा वाहनहरूको गति अत्यन्त मन्द भयो। हाइवेमा कतिपय स्थानमा वाहनहरूलाई घिस्रिरहेको देखियो। दुर्घटना हुनसक्ने आशंकाले चालकहरूले सतर्क भएर वाहन हाँकिरहेका थिए।
कठ्याङ्ग्रिने जाड़ो अनि कुहिरोबीच मानिसहरूले आफूलाई न्यानो बनाउनका लागि आगो तापिरहेको देखियो।
सम्बन्धित विभागले अनुमान व्यक्त गरेको छ, यसै महिनाको अन्तसम्म वा नयाँ वर्षको पहिलो सातासम्म यसरी नै घना कुहिरो अनि जाड़ोको प्रभाव यथावत रहनेछ। यसले गर्दा मानिसहरूलाई न्यानो कपड़ा, ज्याकेट, स्वेटर तथा ऊनका वस्त्रहरूको सहारा लिन परिरहेको छ।
प्रशासनको पक्षबाट वाहन चालकहरूलाई अपील गरिएको छ, घना कुहिरोमा लो बीम लाइट प्रोग गरियोस्, सीमित गतिमा वाहन हाँकियोस् तथा अनावश्यक यात्रा गर्नदेखि बचियोस्। मौसमको यस मारबाट हाल राहत पाउने आशा देखिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा