हात्तीको ताण्डवले योगेन्द्र नगर गाउँमा आतंक
हात्तीको ताण्डवले योगेन्द्र नगर गाउँमा आतंक


अलिपुरद्वार, 24 दिसम्बर (हि. स.)। कठ्याङ्ग्रिने जाड़ो भइरहेको रातमा अलिपुरद्वार एक प्रखण्डको योगेन्द्र नगर गाउँमा हात्तीको ताण्डवले मानिसहरूको निन्द्रा उड़ाइदियो। गए मंगलवार अबेर राती जलदापाड़ा क्षेत्रबाट आएको एउटा जंगली हात्तीले आवासीय क्षेत्रमा पसेर व्यापक उत्पात मचायो। हात्तीको हमलामा न्यूनतम छःवटा घर अनि धान पिस्ने मिललाई ठूलो नोक्सान पुगेको छ। यस अवधि स्थानीय एकजना बुजुर्ग महिला आफ्नो ज्यान बचाउन सफल भइन्। बुजुर्ग महिलाको नाम मनोबाला बर्मन हो।

प्राप्त जानकारी अनुसार मनोबाला बर्मन अबेर राती घरमा एक्लै सुतिरहेकी थिइन्। अचानक टिनको बार भत्किएको तीव्र आवाजले उनी निन्द्राबाट ब्युँझिइन्। हात्तीले आफ्नो सुँड़ले उनलाई हल्का छोयो, तर कुनै नोक्सान नगरी नजिकैको अर्को घरतिर गयो। यस भयानक घटनाको कारणले मनोबाला अहिले पनि शकमै छन्। हात्तीले उनकी छिमेकी पिंकी उराँउको घरमा हमला गरेर भान्सा घरमा राखिएको चामल तथा अन्य खाद्य सामग्रीहरू खायो। त्यसपछि गाउँक श्रीमन्त शर्माको धान पिस्ने मिलको टीनले बारेको बारलाई भत्काएर धान र मकै खायो। हात्तीले यसरी नै गाउँका लगभग छः वटा घरमा ताण्डव गऱ्यो।

घटनाको सूचना पाएर जलदापाड़ा पश्चिम रेञ्जको बेंगडांगी बीटका वनकर्मीहरू घटनास्थलमा पुगे। लामो संघर्षपछि हात्तीलाई जंगलतिरै लखेटियो। वन विभागले बतायो, नोक्सानको मूल्यांकन गरिँदैछ साथै सरकारी नियमानुसार प्रभावित परिवारहरूलाई चाँड़ै क्षतिपूर्ति दिने प्रक्रिया शुरू गरिनेछ।

भारत–भुटान सीमा संलग्न यस क्षेत्रमा जाड़ोको रातमा जंगेली जनावरहरूको बढ़्दो आवागमनबाट ग्रामीणहरूमा गहिरो चिन्ता अनि भय व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande