नाहरकटियामा मुख्यमन्त्री महिला उद्यमिता अभियानको चेक वितरण
नाहरकटियामा मुख्यमन्त्री महिला उद्यमिता अभियानको चेक वितरण


- 20 हजारभन्दा अधिक महिलाहरूले पाए लाभ

डिब्रुगढ़ (असम), 24 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार नाहरकटिया विधानसभा क्षेत्रमा मुख्यमन्त्री महिला उद्यमिता अभियान (एमएमयूए) अन्तर्गत प्रारम्भिक पूँजी चेक वितरण कार्यक्रमको शुभारम्भ गरे। यस अवसरमा उनले महिला सशक्तिकरण तथा आत्मनिर्भरताको दिशामा राज्यको प्रतिबद्धतालाई दोहोऱ्याए।

कार्यक्रममा 20,115 महिला लाभार्थीहरूलाई को 10-10 हजार रुपियाँको प्रारम्भिक पूँजीको चेक वितरण गरियो जसमा 18,461 महिलाहरू ग्रामीण क्षेत्रबाट र 1,654 महिलाहरू शहरी क्षेत्रबाट आएका थिए।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा भने, सरकारले असमको नारी शक्तिलाई सशक्त र आत्मनिर्भर बनाउनको लागि हरसम्भव अवसरको उपोग गरिरहेको छ। उनले भने, नाहरकटियाको धरतीमा आज आत्मसम्मान अनि स्वावलम्बनको भावना स्पष्ट रूपमा देखिँदैछ।

मुख्यमन्त्री महिला उद्यमिता अभियान राज्य सरकारको एउटा प्रमुख योजना हो जसको उद्देश्य महिलाहरूलाई उद्यमिताको लागि प्रोत्साहित गर्नु अनि आर्थिक सहायता प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउनु हो ताकि उनीहरूले राज्यको आर्थिक प्रगतिमा सक्रिय भूमिका निर्वाह गरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande