
गुवाहाटी, 24 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार प्रख्यात असमिया कवयित्री नलिनीबाला देवीको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, विषाद, रहस्य एवं जीवनको गहन खोज नलिनीबाला देवीका कविताहरूको वास्तविक रूप थियो। उनको लेखनीमा असमिया साहित्यलाई अनेकौ युगान्तकारी तथा कालजयी कविताहरू प्राप्त हुन्छ जसले आज पनि पाठकहरूलाई गहिराई पूर्वक प्रभावित पार्दछ।
डा. सरमाले भने, नलिनीबाला देवीको जीवन कष्टहरूले भरिएको भए पनि उनले ती पाड़ाहरूलाई आफ्नो कविताको माध्यमबाट साहित्यमा ढालिन्. आफ्नो अतिन्द्रि तथा संवेदनशील काव्य-धाराको माध्यमबाट उनले असमिया साहित्यलाई ऊर्जा अनि समृद्धि प्रदान गरिन्।
मुख्यमन्त्रीले यस अवसरमा महान कवयित्रीलाई नमन् गर्दै भने, नलिनीबाला देवीको साहित्यिक योगदान असमको सांस्कृतिक धरोहरमा सदैव अमर रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा