
शिवसागर (असम), 24 दिसम्बर (हि.स.)। शिवसागर शहरको फुकन नगरस्थित कालीबाड़ी रोडमा बुधवार भएको भीषण आगलागीमा तीन वटा व्यावसायिक प्रतिष्ठानहरू पूर्ण रूपले जलेर खरानीमा परिणत भएको छ। यो दुर्घटना शहरको व्यवस्त क्षेत्र काली मन्दिर निकट भएको हो जसबाट वरपरका क्षेत्रहरूमा कोकोहोलो मचियो।
प्रत्यक्षदर्शीहरू अनुसार आगो द्रूत गतिमा फैलियो जसले हेर्दा-हेर्दै तीन वटा प्रतिष्ठानहरूलाई आफ्नो चपेटमा लियो। घटनाको सूचना पाउनसाथै दमकल विभागका केही वाहनहरू घटनास्थलमा आएर आगो निभाउनमा जुटे। कड़ा परिश्रम गरेर दमकलकर्मीहरूले आगोलाई समयमै नियन्त्रण गरे जसबाट आगोलाई अझ फैलिनदेखि रोक्न सकियो।
यस अग्निकाण्डमा कुनै प्रकारको ज्यानहानि भएको सूचना प्राप्त भएको छैन, तथापि आगोले सम्पत्तिको ठूलो नोक्सान गऱ्यो। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। पुलिस र सम्बन्धित विभाग जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा