
कोलकाता, 24 दिसम्बर (हि. स.)। बंगलादेशमा भएको हिन्दुहरूको हत्या विरोधमा भारतीय जनता पार्टी (भाजपा)-द्वारा बुधवार हावड़ा ब्रिजसम्म निकालिएको विरोध प्रदर्शन अवधि रड़ाँको मचिएको देखियो। भाजपा कार्यकर्ता एवं समर्थकहरूले ब्यारिकेडलाई भत्काएर अगाड़ि बढ़्ने चेष्टा गर्न थाले जसलाई पुलिसले रोक्ने प्रयास गऱ्यो। पुलिसको रोक पश्चात प्रदर्शनकारीहरू हावड़ा ब्रिजमै बसे जसले गर्दा पुलिस र प्रदर्शनकारीहरूबीच धक्का-मुक्का हुन थाल्यो। यस घटनाको कारणले ब्रिजमा यातायात पूर्ण रूपले प्रभावित भयो।
पुलिसको भनाइ छ, हावड़ा ब्रिजमा कुनै पनि प्रकारको जुलूस वा प्रदर्शन गर्ने अनुमति दिइएको थिएन। त्यसैले जुलूसलाई रोकिएको हो। प्रदर्शनकारीहरूलाई हटाउनको लागि पुलिसकर्मीहरूले लगातार बुझाउने प्रयास गरे, तर स्थिति केही समयसम्म तनाउपूर्ण भइरह्यो। क्षेत्रमा भारी मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ।
भनिन्छ, बंगलादेशमा भएको दिपु दासको हत्याको विरोधमा भाजपाले पहिलाबाटै तय कार्यक्रम अनुरूप हावड़ा ब्रिजसम्म मार्च निकाल्ने योजना बाएको थियो। तथापि पुलिस सूत्रानुसार जुलूसलाई हावड़ा ब्रिजभन्दा अगाड़िसम्म मात्र अनुमति दिइएको थियो। किनभने कोलकाता र हावड़ा सहित केही जिल्लाहरूलाई जोड़्ने यो पुल अत्यन्त महत्वपूर्ण छ। तथापि बुधवार बिहान भाजपा कार्यकर्ताहरूले हावड़ा ब्रिजलाई पार गरी जुलूसलाई अगाड़ि बढ़ाउने प्रयास गर्न थाले। यस अवधि पुलिसको ब्यारिकेडलाई भत्काउ चेष्टा गरियो जसबाट स्थिति बिग्रियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा