
नयाँ दिल्ली, 24 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार दिलशाद गार्डनस्थित राजीव गान्धी सुपर स्पेशियलिटी अस्पतालको निरीक्षण गरिन्। उनले निरीक्षण अवधि अस्पतालमा आएका रोगी तथा उनीहरूका परिवारहरूसित बातचित गरी उनीहरूको आवश्कता बारे जानकारी लिइन् अनि उपचार तथा व्यवस्थाको स्थितिलाई उनीहरूको दृष्टिकोणबाट बुझिन्।
मुख्यमन्त्रीले ओपीडी र इमरजेन्सी वार्डमा उपचाराधिन रोगीहरूको सुविधा, सफाई, समयमा उपचार तथा डाक्टर अनि स्वास्थ्यकर्मीहरूको उपलब्धताको समीक्षा गरिन्। उनले अधिकारीहरूलाई निर्देश दिइएकी छन्, उपचारमा ढिल्याई नहोस् र अस्पतालमा आउने हरेक रोगीले सम्मान, संवेदनशीलता एवं भरोसाको साथमा हेरचाह पाओस्।
मुख्यमन्त्रीले भनिन्, दिल्लीको हरेक परिवारलाई सहज, भरोसायोग्य तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त होस्, यही नै हाम्रो प्राथमिकता हो। सो जानकारी उनले आफ्नो सोशल मीडिया अकाउन्ट एक्समा साझा गरेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा