
नयाँ दिल्ली, 24 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरददर्शी, सशक्त एवं निर्णायक नेतृत्वमा दिल्ली मेट्रोको ‘फेज–5ए’-ले केन्द्रिय मन्त्रीमण्डलको स्वीकृति पाउनु आधुनिक एवं विकसित दिल्ली निर्माणको दिशामा दूरगामी कदम हो। उनले शहरी बुनियादी ढाँचालाई विश्वस्तरीय बनाएकोमा दिल्लीका जनताको पक्षबाट प्रधानमन्त्रीलाई धन्यवाद दिइन्।
मुख्यमन्त्रीले सोशल मीडिया एक्समा बुधवार पोस्ट गरी भनिन्, लगभग 12.015 कड़ोर रुपियाँको लागतमा स्वीकृत 16 किलोमीटर लामो यस विस्तारसितै दिल्ली मेट्रोको नेटवर्कले 400 किलोमीटरको महत्वपूर्ण माइलखुट्टीलाई पार गर्नेछ जसले राष्ट्रिय राजधानीको शहरी कनेक्टिभिटीलाई नयाँ उचाईँसम्म पुऱ्याउनेछ। यो महत्वपूर्ण निर्णयले दिल्लीवासीहरूको लागि सुरक्षित, सुगम र तीव्र परिवहन सुनिश्चित गर्नेछ तथा ‘ईज अफ लिभिंग’- को संकल्पललाई सशक्त रूपले साकार पार्नमा पनि महत्वपूर्ण भूमिका निभाउनेछ।
मुख्यमन्त्रीले भनिन्, मेट्रोको 13 वटा नयाँ अत्याधुनिक स्टेशनको यो विस्तारले सड़क यातायातमाथि बढ़्दो दबाववाई कम गर्न, यात्रीहरूको समय बचत गर्न तथा पर्यावरण संरक्षण एवं प्रदूषणलाई घटाउनमा महत्वपूर्ण योगदान दिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा