तृणमूल नेतामाथि घर अगाड़ि नै गोली दागियो, अवस्था नाजुक
तृणमूल नेतामाथि घर अगाड़ि नै गोली दागियो, अवस्था नाजुक


कुचबिहार, 24 दिसम्बर (हि.स.)। पश्चिम बंगालको कुचबिहार जिल्ला अन्तर्गत दिनहाटामा गए मंगलवार राती एकजना तृणमूल कंग्रेस नेतालाई घर अगाड़ि नै गोली दागियो। घाइते नेताको पहिचान मिथुन राजभरको रूपमा भएको छ जो तृणमूल कंग्रेसको पूर्व पञ्चायत समितिका कर्माध्यक्ष एवं दिनहाटाको भिलेज-1 का सक्रिय नेता हुन्।

स्थानीय सूत्र औ पुलिस अनुसार राती लगभग 9 बजे मिथुन राजभर आफ्नो घरदेखि दोकान जानका लागि बाहिर निक्लेका थिए। उनी सड़कमा पुग्नसाथ अज्ञात उपद्रवीहरूले तिनीमाथि गोली चलाए। गोली उनको मुखमा लाग्यो जसले गर्दा तिनी घटनास्थलमै मुर्छित परे।

गोलीको आवाज सुनेर वरपरका मानिसहरू घटनास्थलमा पुगे अनि तुरून्तै परिवारलाई सूचना दिए। गम्भीर अवस्थामा उनलाई पहिला दिनहाटा महकुमा अस्पतालमा लगियो, तर अत्यधिक रक्तश्राव भएको कारणले स्थिति बिग्रिएपछि उनलाई फेरि कुचबिहार महाराजा जितेन्द्र नायारण मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो। डाक्टर अअनुसार उनको अवस्था नाजुक छ।

यस हमला पछाड़िको कारण बारे अहिले पत्तो लाग्न सकेको छैन। पुलिसले घटनास्थलबाट प्रमाण जुटाएर जाँच शुरू गरेको भए पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। यस घटनालाी लिएर हाल कुनै पनि राजनीतिक दलको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

सड़क दुर्घटनामा तृणमूल नेताको मृत्यु-

यसैबीच राजगञ्ज क्षेत्रमा एकातिर यस्तो दुःखदायी समाचार आएको छ भने अर्कोतिर नियन्त्रण गुमाएको पिकअप भ्यानको ठक्करले मलिन राय नामक एकजना तृणमूल नेताको घटनास्थलमै मृत्यु भयो। स्थानीय मानिसहरू अनुसार वाहनको द्रूत गति दुर्घटनाको कारण रह्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande