
कोलकाता, 24 दिसम्बर (हि. स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत लगभग 4 हजार 6 सय माइक्रो अब्जर्भरहरूको प्रशिक्षण बुधवारदेखि शुरू भयो। एक जना वरिष्ठ अधिकारीले बताए, यस प्रशिक्षण कार्यक्रमको निगरानी राज्यका मुख्य निर्वाचन अधिकारी स्वयंले गरिरहेका छन्। कोलकाताको नजरूल मञ्चमा आयोजित यो प्रशिक्षण सत्र पूर्ण प्रक्रियामा पारदर्शिता, सठीकता सुनिश्चित गर्ने उद्देश्यले गरिंदैछ।
अधिकारीले बताए, सरकारी अधिकारीहरूलाई माइक्रो अब्जर्बरको रूपमा नियुक्त गरिएको छ ताकि मतदाता सूचीको पुनरीक्षण अवधि कुनै पनि प्रकारको गड़बड़ी वा भुल नहोस्। यी माइक्रो अब्जर्बरले अन्तिम मतदाता सूचीको प्रकाशनसम्म मुख्य निर्वाचन अधिकारीको निगरानीमा काम गर्नेछन् अनि सुनवाई प्रक्रियामा पनि उनीहरूलाई नै तैनाथ गरिनेछ। सुनवाई अवधि प्रत्येक कक्षमा एक जना माइक्रो अब्जर्भर उपस्थित रहनेछन्।
माइक्रो अब्जर्भरको मुख्य जिम्मेवारी सुनवाई अवधि निर्वाचन पञ्जीकरण अधिकारी तथा सहायक निर्वाचन पञ्जीकरण अधिकारीहरूको कार्यमाथि कड़ा नजर राख्नु हुनेछ। यसको साछै उनीहरूले मतदाताहरूद्वारा प्रस्तुत गणना प्रपत्र, जन्म औ मृत्यु प्रमाण पत्र सहित अन्य दस्तावेजहरूको जाँच गर्नेछन्।
अधिकारीले बताए, माइक्रो अब्जर्भरले मतदाता सूचीमा कुनै पनि प्रकारको विसंगतिलाई चिन्हित गर्नेछन् अनि आँकड़ाहरूको विश्लेषण पनि गर्नेछन् ताकि सूची पूर्ण रूपले त्रुटिरहित बनाउन सकियोस्। यस कार्यको लागि माइक्रो अब्जर्भरलाई एकमुष्ठमा 30 हजार रुपियाँ मानदेय दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा