
शोणितपुर (असम), 24 दिसम्बर (हि.स.)। शोणितपुर जिल्लाको ढेकियाजुली क्षेत्रमा जंगली हात्तीद्वारा गरिएको हमलामा एकजना वृद्ध व्यक्तिको घटनास्थलमै मृत्यु भयो। वन विभागले बुधवार बताएको छ, भोजनको खोजीमा जंगली हात्ती ढेकियाजुलीको बोलश्री क्षेत्रमा आयो। यसै अवधि हात्तीले वृद्धमाथि हमला गऱ्यो जसले गर्दा वृद्धको घटनास्थलमै मृत्यु भयो।
मृतकको पहिचान शशीमोहन मण्डल (80)- को रूपमा गरिएको छ। घटना बारे जानकारी पाएर घटनास्थलमा पुगेको पुलिस टीमले मृत व्यक्तिको शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिेको छ।
यस घटनालाई लिएर स्थानीय मानिसहरूले वन विभागमाथि रोष व्यक्त गर्दै भने, वन विभागसित जंगली हात्तीबाट मुक्ति दिलाउने गुहार बारम्बार गर्दै आइरहेको भए पनि कुनै ठोस कदम उठाएको छैन जसले गर्दा आज वृद्धको ज्यान गएको छ। घटनाको सम्बन्धमा पुलिसले जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा