
कामरूप (असम), 24 दिसम्बर (हि.स.)। घोग्रापार निवासी कमल बोड़ोलाई उनको सतर्कता एवं तत्काल कारबाहीको लागि रंगिया मण्डल रेल प्रबन्धक (डीआरएम)-द्वारा बुधवार सम्मानित गरियो। कमल बोड़ोले रंगिया-घोग्रापार रेल खण्डको रेलवे ट्र्याक पार गरिरहेका नौ वटा जंगली हात्तीलाई देखेपछि तत्कालै यसको सूचना रेलवे सुरक्षा बल (आरपीएफ) तथा सम्बन्धित रेलवे अधिकारीहरूलाई दिएका थिए।
रेलवे सूत्र अनुसार सूचना पाउनसाथ अधिकारीहरूले सतर्कता अप्नाए जसबाट सम्भावित दुर्घटना हुनदेखि बच्यो। साथै हात्तीहरूको सुरक्षित आवागमन पनि सुनिश्चित भयो। अधिकारीले बताए, यस रेल खण्डमा पहिलो पटक हात्तीहरूले ओहोर-दोहोर गरेको देखिएको छ जसबाट यो सूचना अझ महत्वपूर्ण भयो।
डीआरएमले बोडोको सजगताको सराहना गर्दै भने, आम नागरिकहरूको यस्तो सहयोग रेलवे सुरक्षा अनि वन्यजीव संरक्षण दुवैको लागि महत्वपूर्ण छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा