
मेदिनीपुर, 24 दिसम्बर (हि. स.)। पश्चिम मेदिनीपुर जिल्लामा अवैध रूपमा टोटो (ई-रिक्शा)- को बिक्री औ पञ्जीकरणमा व्याप्त अनियमिततावििरूद्ध जिल्ला परिवहन कार्यालयले बुधवार कड़ा कारबाही गरेको छ। यस कारबाहीमा अवैध व्यवसायीहरूबाट 83 लाख रुपियाँ जरीमाना असुल गरिएको छ। परिवहन विभागको यस कारबाहीबाट जिल्लामा खैलाबैला मचिएको छ।
जिल्ला परिवहन कार्यालय अनुसार विगत लामो समयदेखिकै सिकायत प्राप्त भइरहेको थियो कि केही डिलरहरूले नियमहरूको उल्लंघन गर्दै टोटो बिक्री गरिरहेका छन् अनि पुरानो टोटोको पञ्जीकरण गर्न नियोजित रूपमा आनाकानी गरिरहेका छन्। टोटो यूनियनको पक्षबाट पनि सिकायत गरिएको छ कि चालकहरूाथि नयाँ टोटो खरिद गर्ने चाप दिइँदैछ जबकि नयाँ सँगसँगै पुरानो टोटोको पनि रेजिस्ट्रेशन हुनुपर्छ।
यस सम्पूर्ण मामिलामा परिवहन अधिकारी सन्दीप साहाले स्पष्ट पार्दै भने, सरकारको उद्देश्य हो गरीब एवं परिश्रमी टोटो चालकहरूमाथि कुनै प्रकारको दबाव नदिने साथै उनीहरूको पञ्जीरण पनि सहजै होस्। उनले भने, सरकारले यसको लागि पहिलाबाटै आवश्यक व्यवस्था बनाएको छ ताकि पात्र टोटो चालकहरूको नियमानुसार रेजिस्ट्रेशन गर्न सकियोस्।
सन्दीप साहाले भने, पञ्जीकरण नगरी, फिटनेस औ वैध दस्तावेज बिनै टोटोलाई कुनै पनि स्थितिमा सड़कमा गुड़्न दिइनेछैन। साथै उनले चेताउनी दिए, यदि कुनै डिलर वा बिचौलीले टोटो चालकहरूलाई सताउँछ, पुरानो टोटोको रेजिस्ट्रेशनमा बाधा पुऱ्याउँ वा बलजफ्ती नयाँ वाहन खरिद गर्ने दबाव दिन्छ भने सम्बन्धित व्यक्तिहरूविरूद्ध कड़ा कानूनी कारबाही गरिनेछ।
परिवहन विभागले टोटो चालकहरूसित अपील गरेको छ, उनीहरूले कुनै पनि प्रकारको समस्या वा अवैध दबावको जानकारी सोझै जिल्ला परिवहन कार्यालय वा सम्बन्धित अधिकारीहरूलाई दिउन्। विभागले भरोसा दिलाएको छ, सिकायतहरूमाथि तत्काल कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा