अनियन्त्रित सानो मालवाहक वाहनको ताण्डव, दुईजनाको मृत्यु
अनियन्त्रित सानो मालवाहक वाहनको ताण्डव, दुईजनाको मृत्यु


जलपाईगुड़ी, 24 दिसम्बर (हि. स.)। अनियन्त्रित गतिमा गुड़िरहेको एउटा सानो मालवाहक वाहनको ठक्करले दुईजना मानिसहरूको मृत्यु भयो। मृतकहरूमा एकजनाको पहिचान राजगञ्ज ब्लकको पानीकोरी ग्राम पञ्चायत अन्तर्गत तृणमूल कंग्रेसका अञ्चल अध्यक्ष उत्तम रायको रूपमा भएको छ भने दोस्रो सरकारपाड़ा क्षेत्र निवासी मालिन रायको रूपमा भएको छ। घटनापछि आक्रोशित मानिसहरूले वाहनमा आगो लगाइदिए।

जानकारी अनुसार गए मंगलवार राती बेलाकोबाबाट द्रूत गतिमा आइरहेको सानो मालवाहक वाहनले पहिला सरकारपाड़ा क्षेत्रमा एकजना युवकलाई ठक्कर दिएर भाग्यो। यस घटनामा युवक मालिन रायको घटनास्थलमै मृत्यु भयो। त्यसपछि बागडोगरा अफिस मोड़ क्षेत्रमा बाइक मार्फत घर फर्किरहेका तृणमूल कंग्रेस नेता उत्तम रायलाई ठक्कर दियो। स्थानीय मानिसहरूले गम्भीर अवस्थामा उत्तम रायलाई फुलबाड़ीको एक निजी अस्पतालमा भर्ती गरियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।

घटनाको कारणले आक्रोशित मानिसहरूले सम्बन्धित वाहनलाई आगो लगाइदिए। सूचना पाउनसाथ राजगञ्ज थाना तथा बेलाकोबा फाँड़ीबाट भारी मात्रामा पुलिस बलले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande