
हैलाकांदी (असम), 24 दिसंबर (हि.स.)। हैलाकांदी जिल्ला शहर मुख्यालयमा भएको एक सड़क दुर्घटनामा एकजना व्ययक्तिको मृत्यु भयो। बु
धवार सूत्रबाट प्राप्त जानकारी अनुसार हैलाकांदीको सीनियर सुप्रिन्टेन्डेण्ट अफ पुलिसको वाहनसितै गुड़िरहेको एस्कर्ट वाहनको चपेटमा परेर एकजना व्यक्ति गम्भीर रूपमा घाइते भए।
घटनाबारे जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको पुलिस टीमले घाइते विश्वजीत दासलाई पहिला एसके राय सिभिल अस्पतालमा पुऱ्यायो जहाँबाट गम्भीर अवस्थालाई मध्यनजर गर्दै उनलाई उच्च चिकित्साको निम्ति सिलचर मेडिकल कलेज एवंं अस्पतालमा पठाइदियो। अस्पताल लैजाने क्रममा विश्वजीतको बाटोमै मृत्यु भयो।
यस मामिलामा वाहन चालक अली हुसैनलाई हिरासतमा लिइएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले घटनाको सिलसिलामा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा