
कोलकाता, 24 दिसम्बर (हि.स.)।भारतीय जनता पार्टी (भाजपा)- का आईटी प्रमुख औ पश्चिम बंगालका सहप्रभारी अमित मालवीयले बुधवार सोशल मीडिया मञ्च एक्स (पूर्वमा ट्विटर)-मा पश्चिम बंगाल सरकार अनि मुख्यमन्त्री ममता ब्यनर्जीमाथि गम्भीर आरोप लगाए।
आफ्नो पोस्टमा अमित मालवीयले भने, बंगलादेशमा कट्टरपन्थी भीड़ले हिन्दुहरूलाई चुनी-चुनी लक्षित गरिरहेको छ साथै उनीहरूको निर्दयतापूर्वक हत्या गरिरहेको छ भने पश्चिम बंगालमा हिन्दुहरूमाथि अत्याचार राज्य सरकारले स्वयं पुलिसको माध्यमबाट गराइरहेको छ, विशेष गरी ती मानिसहरूमाथि जसले बंगलाशमा हिन्दुहरूमाथि भइरहेको अत्याचारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्।
अमित मालवीयले आरोप लगाए, गए मंगलवार शान्तिपूर्ण हिन्दू प्रदर्शनकारीहरूमाथि पुलिसद्वारा गरिएको बर्बर लट्ठीचार्जको घटना मुख्यमन्त्री ममता ब्यनर्जीको कार्यकालमा एउटा गहिरो दाग हो। उनले भने, ममता ब्यनर्जी मुख्यमन्त्री मात्र नभएर राज्यकी गृहमन्त्री पनि हुन्, त्यसैले यस घटनाको सम्पूर्ण जिम्मेवारी उनीमाथि नै जान्छ।
भाजपा नेताले यस पुलिस कारबाहीलाई लोकतन्त्र अनि अभिव्यक्तिको स्वतन्त्रतामाथि सोझै हमला बताउँदै भने, यसले साबित गर्छ कि पश्चिम बंगालमा हिन्दुहरूको आवाजलाई दबाउने चेष्टा गरिँदैछ।
उक्त बयान पश्चात राज्यको राजनीतमा फेरि एक पटक चर्को बयानबाजी एवं राजनीतिक तनाउ बढ़्ने सम्भावना देखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा