
कोलकाता, 24 दिसम्बर (हि. स.)। बंगालको संगीत दुनियाँका चम्किला तारा द्विजेन मुखर्जीको पुण्यतिथिमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनलाई श्रद्धाञ्जली अर्पण गरिन्। बुधवार सोशल मीडिया मञ्च ‘एक्स’ (पूर्वमा ट्विटर)-मा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भनिन्, द्विजेन मुखर्जी बंगला संगीत जगतका एक अमूल्य धरोहर थिए।
आफ्नो सन्देशमा ममता ब्यानर्जीले लेखिन्, उनलाई पनि द्विजेन मुखर्जीको स्नेह र आशीर्वादसित जोड़िने सौभाग्य प्राप्त भयो। उनले गाएका रवीन्द्र संगीत तथा आधुनिक गीत बंगाल मात्र नभएर सम्पूर्ण भारतीय संगीत जगतको अमूल्य विरासत हो।
मुख्यमन्त्रीले विशेष रूपमा महालयाको भोरमा गाइने उनको प्रसिद्ध गीत “जागो दुर्गा”- को उल्लेख गर्दै भनिन्, यो रचना बंगालको चिरस्थायी सांस्कृतिक पहिचान बनिसकेको छ।
ममता ब्यनर्जीले यो पनि भनिन्, यो बंगालको लागि गर्वको कुरा हो कि उनको सरकारले द्विजेन मुखर्जीलाई वर्ष 2011-मा बंगविभूषण तथा वर्ष 2012-मा संगीत महासम्मानद्वारा सम्मानित गरेको थिो। उनले भनिन्, बंगालको संस्कृति र संगीतमा द्विजेन मुखर्जीको योगदान सदैव स्मरणीय रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा