
कोलकाता, 24 दिसम्बर (हि. स.)। महान भारतीय गायक मोहम्मद रफीलाई उनको जयन्तीमा स्मरण गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बुधवार सोशल मीडिया मञ्च ‘एक्स’ (पूर्वमा ट्विटर)-मा एउटा पोस्ट साझा गरिन्। आफ्नो सन्देशमा ममता ब्यनर्जीले भारतीय संगीत जगतका यस महान गायकलाई श्रद्धाञ्जली अर्पण गर्दै भनिन्, मोहम्मद रफी भारतीय संगीतका एकजना यस्ता दिग्गज थिए जसको आवाज आज पनि कड़ोरौं मानिसहरूको हृदयमा जीवित छ।
मुख्यमन्त्रीले लेखिन्, रफी साहबको योगदान भारतीय संगीत इतिहासमा अमूल्य छ र उनका गीतहरूले भावी पिँढ़ीलाई प्रेरित गरिरहनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा