सड़कमा दौड़िरहेका दुई युवकलाई ट्रकले ठक्कर दियो, एकजनाको मृत्यु
सड़कमा दौड़िरहेका दुई युवकलाई ट्रकले ठक्कर दियो, एकजनाको मृत्यु


मुर्शिदाबाद, 24 दिसम्बर (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्ला अन्तर्गत सुती थाना क्षेत्रमा बुधवार बिहान भएको एक सड़क दुर्घटनामा सेनामा भर्ती हुने सपना देखेका एकजना युवकको मृत्यु भयो भने उसको साथी गम्भीर रूपमा घाइते भयो।

पुलिस अनुसार मृतकको पहिचान राहुल सिंह (22)- को रूपमा भएको छ जो सुती थाना अन्तर्गत महेशाइल निवासी थिए। यसरी नै गम्भीर रूपमा घाइते युवकको नाम सुमन दास रहेको बताइएको छ।

स्थानीय सूत्र अनुसार बुधवार सबेरै राहुल सिंह आफ्नो मित्र सुमन दाससित आर्मी भर्ती परीक्षाको तयारी अन्तर्गत शारीरिक क्षमता बढ़ाउनको लागि राष्ट्रिय राजमार्गको किनारमादौड़को अभ्यास गरिरहेका थिए। यसै अवधि फरक्कातिरबाट आइरहेको एउटा द्रूत गतिको लरीले दुवैलाई ठक्कर दियो।

प्रत्यक्षदर्शीहरूको भनाइ छ, ठक्कर भयानक थियो जसमा राहुल सिंह उछिटिएर सड़कमा लड़े अनि गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले तत्कालै दुवै घाइतेलाई जँगीपुर महकुमा अस्पतालमा पुऱ्याए।

अस्पतालमा डाक्टरहरूले राहुल सिंहलाई मृत घोषित गरिदिए। सुमन दासको अवस्था गम्भीर रहेको छ। प्राथमिक उपचारपश्चात स्थिति अझ बिग्रिएको कारणले उनलाई बहरामपुर मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो।

घटनाको खबर फैलिनसाथ क्षेत्रमा शोक व्याप्त भयो। राहु सिंहको असमय मृत्युले उनको परिवार गहिरो शोकमा डुबेको छ। परिवारले बताो, राहुलले भविष्यमा भारतीय सेनामा सामेल हुने सपना देखिरहेका थिए। तर सपूना पूरा हुन अगावै दुर्घटनाले उनको ज्यान लियो।

पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande