मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए क्रिसमसको बधाई एवं शुभकामना
ps tamang


गान्तोक, 24 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमवासीहरूमा क्रिसमसको हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै यो पावन पर्वले परिवार, आस्था, सद्भाव र पारस्परिक सम्मानको महत्त्व स्मरण गराउँछ भनी बताएका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, 'क्रिसमसको यस हर्षोल्लासपूर्ण र पवित्र अवसरमा म सिक्किमवासी सम्पूर्ण जनतालाई, विशेषगरी हाम्रो क्रिश्चियन समुदायप्रति हार्दिक बधाई तथा मंगलकामना व्यक्त गर्दछु।'

मुख्यमन्त्रीले क्रिसमसको भावनाले हाम्रो जीवनलाई शान्ति, प्रेम, विनम्रता र क्षमाशीलताले उज्यालो बनाओस्, र हामीलाई करुणा, सेवा र नि:स्वार्थताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी विचार व्यक्त गरेका छन्।

उनले अझ भने, 'यो पावन पर्वले परिवार, आस्था, सद्भाव र पारस्परिक सम्मानको महत्त्व स्मरण गराउँछ। हाम्रो विविध समुदायलाई एकताबद्ध गर्ने मानवता र भाइचाराको सम्बन्धलाई अझ सुदृढ़ बनाउने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गरौँ।'

क्रिसमसको सन्देशले प्रत्येक घरमा आशा, खुशी, राम्रो स्वास्थ्य र नयाँ उमङ्ग भरिदियोस्, र हाम्रो प्रिय राज्यमा शान्ति तथा समृद्धि लिएर आओस् भनी उनले कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande