बड़ा दिनमा पार्क स्ट्रीटमा सुरक्षाको कड़ा बन्दोबस्त, 15 सय पुलिसकर्मी तैनाथ
बड़ा दिनमा पार्क स्ट्रीटमा सुरक्षाको कड़ा बन्दोबस्त, 15 सय पुलिसकर्मी तैनाथ


कोलकाता, 24 दिसम्बर (हि.स.)। बड़ा दिनको अवसरमा पार्क स्ट्रीट पूर्ण रूपले प्रकाशले सजिसकेको छ। क्रिसमस पर्वको कारण यहाँ ठूलो भीड़ उर्लिने सम्भावना छ। पार्क स्ट्रीटसँगसँगै मैदान तथा धर्मतला क्षेत्रमा पनि मानिसहरूको आवागमनलाई केन्द्र गर्दै कोलकाता पुलिसले सुरक्षाको ठोस प्रबन्ध गरेको छ। यस अवसरमा सुरक्षालाई सुनिश्चित गर्नको लागि लगभग 15 सय पुलिसकर्मीहरूलाई सड़कमा तैनाथ गरिएको छ।

पुलिस सूत्र अनुसार वर्तमान परिदृश्यमा बंगलादेशमा जारी अस्थिरता तथा केही महिनापूर्व दिल्लीमा भएको विस्फोटका घटनाहरूलाई मध्यनजर गर्दै यसपालि अतिरिक्त सतर्कता अप्नाइँदैछ। त्यसैले पार्क स्ट्रीट क्षेत्रलाई सुरक्षा घेरामा लिइएको छ अनि हरेक गतिविधिमाथि नजर राखिंदैछ।

हरेक साल जस्तै यसपालि पनि बड़ा दिनमा पार्क स्ट्रीटमा ठूलो भीड़ एकत्र हुनेछ। प्रकाश सज्जा एवं एलन पार्कमा हुने कार्यक्रमहरूलाई हेर्नका लागि हजारौं मानिसहरूको भीड़ उर्लिनेछ। त्यसैले डिप्टी कमिश्नर, असिस्टेन्ट कमिश्नर तथा इन्स्पेक्टर स्तरका वरिष्ठ अधिकारी घटनास्थलमा उपस्थित रहनेछन्। वर्दीधारी पुलिस लगायत सादा पोशाकमा पनि पुलिस, विशेष शाखा एवं महिला पुलिसकर्मीहरूलाई तैनाथ गरिएको छ।

भीड़लाई नियन्त्रण गर्नको लागि विशेष यातायात तथा पैदल हिँड़ने व्यवस्था लागू गरिएको छ। पार्क स्ट्रीटमा पैदल हिँड़ने मानिसहरू एक दिशामा प्रवेश गर्नेछन् भने एलन पार्कसम्म पुगेपछि अर्को दिशाबाट बाहिरिनेछन्। अचानक भीड़ बढ़्ने वा कुनै अप्रिय स्थितिको सामना गर्नको लागि सादा पोशाकमा पुलिसले लगातार निगरानी गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande