सामर्थ्य शरीरबाट होइन, संकल्पबाट जन्मिन्छ: रेखा गुप्ता
सामर्थ्य शरीरबाट होइन, संकल्पबाट जन्मिन्छ: रेखा गुप्ता


नयाँ दिल्ली, 24 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार ‘दिव्यांगजनको दिव्य अटल’ कार्यक्रममा प्रतिभाशाली साथीहरूसित भेट गरिन्। यो कार्यक्रम दिलशाह गार्डनको राजीव गान्धी अस्पताल/सर्वोदय सेवा कुष्ठ आश्रमको ओडिटोरियममा सम्पन्न भएको थियो।

मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, दिव्यांगहरूको कुरामा ठहराउ थियो, त्यस ठहराउमा दृढ़ संकल्प अनि हरेक कदममा अगाड़ि बढ़्ने प्रतिबद्धता। यसले बताउँछ कि सामर्थ्य शरीरबाट होइन, संकल्पबाट जन्मिन्छ। उनले भनिन्, अटल बिहारी वाजपेयीको विचार पनि यही थियो। उनको मान्यताथियो, दिव्यांगजन समाजको करुणा होइनन्, त्यसको चेताना अनि शक्ति हो। उनको सपना यस्तो भारत थियो जहाँ हरेक व्यक्तिले सम्मानपूर्वक आफ्नो क्षमतालाई चिन्न सकोस्।

मुख्यमन्त्रीले भनिन्, त्यही अटल दृष्टिलाई अगाड़ि बढ़ाउँद सरकारले दिव्यांगजनहरूको लागि शिक्षा, कौशल विकास, रोजगार एवं सुलभ सार्वजनिक व्यवस्थाहरूलाई सशक्त बनाउने दिशामा निरन्तर काम गरिरहेको छ ताकि आत्मनिर्भरता शब्द मात्र नभएर जीवनको सत्य बनोस्। उनले भनिन्, हाम्रो प्रयास अटलजीले देखाएका मार्गमा हिँड़्ने संकल्प गर्नु जहाँ हरेक प्रतिभाले अवसर पाओस् अनि हरेक नागरिक राष्ट्र निर्माणमा सहभागी बनोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande