विन्टर रिलिफ कार्यक्रममार्फत् न्यानो लुगाहरु वितरण
Relief distribution


खरसाङ, 24 दिसम्बर (हि.स.)। खरसाङ खण्ड पञ्चायत समिति र सन्त मेरिज ग्राम पञ्चायत तीनको तर्फबाट विन्टर रिलिफ वितरण कार्यक्रम सम्पन्न गरिएको छ।‌

खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्रीको विशेष उपस्थितिमा आज खरसाङ खण्ड आपदा प्रबन्धन अधिकारी राजीव, सन्त मेरिज ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, स्थानीय पञ्चायत सदस्य सदीप सार्की, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा संयोजक काजी छेत्री लगायत स्थानीय युवाहरुको उपस्थितिमा जाडोका लुगाहरु वितरण गरिएको छ।

उक्त विन्टर रिलिफ वितरण कार्यक्रम अन्तर्गत 2025-26 को न्यानो लुगाहरु वितरण गरिएको हो। यस क्रममा 200 देखि 250 स्थानीय परिवारहरुलाई न्यानो लुगाहरु वितरण गरिएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande