
कोकराझाड़ (असम), 24 दिसम्बर (हि.स.)। पर्बतझोड़ाको माक्रीझोड़ा क्षेत्रमा बुधवार भएको भयानक सड़क दुर्घटनामा एकजा व्यक्तिको घटनास्थलमै मृत्यु भयो। यस घटनामा अन्य दुईजना मानिसहरू गम्भीर रूपमा घाइते भए।
यो दुर्घटना 17 नम्बर राष्ट्रिय राजमार्गमा एक मालवाहक ट्रक र मालवाहक म्याजिक आपस्तमा ठोक्किएर भएको हो।
दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको पहिचान गियास उद्दीन (50)- को रूपमा भएको छ भने लालचन्द शेख र रेहान मुस्ताफिक गम्भीर रूपमा घाइते भएका छन्। दुवै घाइतेलाई तुरून्तै नजिकैको धुबड़ी मेडिकल कलेज एवं अस्पतालमा लगियो।
पुलिस अनुसार दुर्घटनाग्रस्त म्याजिक वाहनको पञ्जीकरण नम्बर एएस-16-एसी-6571 छ भने ट्रकको नम्बर एनएल-01-के-6624 रहेको बताइएको छ। घटनाको सूचना पाउनसाथ बगरिबाड़ी पुलिस घटनास्थलमा पुग्यो अनि आवश्यक कारबाही सहित यातायात व्यवस्थालाई नियन्त्रण गऱ्यो। दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा