
कोलकाता, 24 दिसम्बर (हि.स.)। आगामी चुनाउपूर्व तृणमूल कंग्रेसले संगठनात्मक स्तरमा व्यापक फेरबदल गरेको छ। विशेष गरेर मुर्शिदाबाद जिल्लाको भरतपुर क्षेत्रमा तृणमूलले अतिरिक्त फेरबदल गरेको छ। भरतपुरका दुवै ब्लकमा पार्टीको मुख्य संगठनसँगसँगै युवा, महिला औ श्रमिक संगठन (आईएनटीटीयूसी)- का अध्यक्ष एवं उपाध्यक्षहरूलाई फेरिएको छ। यस अतिरिक्त नदिया जिल्लाको रानाघाट-2 ब्लक अनि रानाघाट सांगठनिक जिल्लामा पनि महत्वपूर्ण बद्लाउ गरिएको छ।
बुधवार तृणमूल कंग्रेसद्वारा जारी एक पोस्ट अनुसार भरतपुर-1 ब्लकको मुख्य संगठनका नयाँ अध्यक्षको रूपमा नजरूल इस्लामलाई नियुक्त गरिएको छ भने उपाध्यक्ष पदको जिम्मेवारी प्रियब्रत घोषलाई सुम्पिइएको छ। युवा संगठनमा पनि बद्लाउ गर्दै मोहम्मद रानालाई नयाँ ब्लक युवा अध्यक्ष बनाइएको छ भने तुहिन घोषलाई सह-उपाध्यक्ष नियुक्त गरिएको छ। महिला संगठनको कमान नाजमा सुल्तानालाई सुम्पिइएको छ। श्रमिक संगठन आईएनटीटीयूसीको अध्यक्ष पदको जिम्मेवारी अब अब्दुल बारीले सम्हाल्नेछन्।
भरतपुर-1 सँगसँगै भरतपुर-2 ब्लकमा पनि संगठनात्मक बद्लाउ गरिएको छ। यस ब्लकमा मुख्य संगठनका अध्यक्षको रूपमा मुस्ताफिजुर रहमान उपनाम सुमनलाई जिम्मेवारी दिइएको छ। युवा संगठनका अध्यक्ष भएका छन् काजी नाजिर हुसैन जबकि महिला संगठनको अध्यक्ष सहिबालोहार माझी हुनेछन्। यस ब्लकमा आईएनटीटीयूसीको नयाँ अध्यक्षको रूपमा राजू चौधरीलाई नियुक्त गरिएको छ।
यस अतिरिक्त रानाघाट-2 ब्लकको मुख्य संगठनको अध्यक्ष पदमा सुबीर धरलाई जिम्मेवारी सुम्पिइएको छ भने रानाघाट सांगठनिक जिल्ला समितिमा पनि फेरबदल गर्दै रूपंकर ब्यनर्जीलाई नाँ महासचिव नियुक्त गरिएको छ।
पार्टी सूत्र अनुसार यी फेरबदलहरूको माध्यमबाट तृणमूल कंग्रेसले धरातलीय स्तरमा संगठनलाई सशक्त बनाउने तथा चुनाउपूर्व कार्कर्ताहरूमा नयाँ ऊर्जा संचार गर्ने चेष्टा गरि
रहेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल