साढ़े पाँच लाख रूपियाँ र 103 ग्राम ब्राउन शुगरको साथ महिला पक्राउ
साढ़े पाँच लाख रूपियाँ र 103 ग्राम ब्राउन शुगरको साथ महिला पक्राउ


सिलगढ़ी, 24 दिसम्बर (हि.स.)। माटीगढ़ा थाना पुलिसले विश्वास कोलोनी क्षेत्रमा छापा मारेर एक महिलालाई 103 ग्राम ब्राउन शुगर र साढ़े पाँच लाख रूपियाँ नगदीको साथ पक्राउ गरेको छ। पक्रा परेकी महिलाको नाम नाजिरा खातुन (26) बताइएको छ।

पुलिस सूत्रहरू अनुसार, माटिगढ़ा थाना पुलिसले मंगलवार राति विश्वास कोलोनी स्थित एक घरमा छापा माऱ्यो। खोजीका क्रममा ओछ्यानमुनि लुकाइएको 103 ग्राम ब्राउन शुगर जफत भयो। घटनास्थलबाट ठूलो मात्रामा नगदी पनि जफत गरिएको छ। यसपछि आरोपी महिला नाजिरा खातुनलाई पक्राउ गरियो। पुलिसले शुरूमा जफत गरिएको नगदी लागूऔषध तस्करीसँग सम्बन्धित रहेको आशंका गरेको छ।

अभियुक्त महिलाले आफ्नो घरबाट अवैध ब्राउन शुगर व्यवसाय चलाइरहेकी थिइन् भन्ने खबर छ। उसको पति र दुई छोराछोरी पनि त्यहीं बस्छन्। यस घटनामा माटीगढ़ा पुलिसले आरोपी महिला विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande