
नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार त्रिपुरा विधानसभाका अध्यक्ष बिस्वा बन्धु सेनको निधनमा गहिरो शोक व्यक्त गर्दै उनको निधनले त्रिपुराले अनुभवी जनप्रतिनिधि र समाजसेवी गुमाएको बताएका छन्।
प्रधानमन्त्रीले सोशल मीडिया मंच एक्समा सेनको साथ भेटको आफ्नो पुरानो तस्वीर साझा गर्दै भनेका छन्, त्रिपुराको प्रगतिलाई गति दिन र असंख्य सामाजिक कार्यहरूप्रति आफ्नो प्रतिबद्धताको निम्ति बिस्वा बन्धु सेनलाई सधैं याद गरिनेछ।
उनले लेखे, त्रिपुरा विधानसभाका अध्यक्ष बिस्वा बन्धु सेनको निधनले म अत्यन्तै दुःखी छु। त्रिपुराको विकासका लागि उनको प्रयास र विभिन्न सामाजिक कार्यहरूप्रति उनको समर्पणलाई सदैव याद गरिनेछ।
उल्लेख्य, त्रिपुरा विधानसभाका अध्यक्ष बिस्वा बन्धु सेनको शुक्रवार बिहान निधन भयो। उनी गत धेरै महिनादेखि अस्वस्थ थिए औं एक निजी अस्पतालमा उनको उपचार चलिरहेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी