
नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले शुक्रवार वीर बाल दिवसको अवसरमा क्रिकेटर वैभव सूर्यवंशी सहित 20 प्रतिभाशाली बालबालिकालाई प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार प्रदान गरिन्। यो प्रतिष्ठित पुरस्कार साहसिक, खेलकुद, पर्यावरण संरक्षण, विज्ञान र नवाचार, समाजसेवा, कला र संस्कृति जस्ता विभिन्न क्षेत्रमा असाधारण योगदान पुर्यांएर देशको गौरव बढ़ाउने 5 देखि 18 वर्ष उमेरका बालबालिकाहरूलाई दिइन्छ।
यस अवसरमा राष्ट्रपतिले सबै पुरस्कार विजेता बालबालिकाहरूलाई बधाई दिँदै आफ्नो कामको माध्यमबाट उनीहरूले आफ्नो परिवारलाई मात्र नभएर समाज र सम्पूर्ण देशलाई पनि गौरवान्वित बनाएको बताइन्। उनले भनिन्, आजको भारत आफ्ना बालबालिकाहरूको प्रतिभा, साहस र संवेदनशीलताको बुतामा निरन्तर प्रगति गरिरहेको देख्नु अत्यन्तै खुशीको कुरा हो।
राष्ट्रपतिले 2022 देखि 26 दिसम्बरलाई वीर बाल दिवसको रूपमा मनाइँदै आएको बताइन्। यसको पछाड़ी इतिहासको एक धेरै प्रेरणादायी अध्याय छ। दशौं सिख गुरु श्री गुरु गोविन्द सिंहजी र उनका चार साहिबजादाहरूको बलिदानलाई सम्झँदै उनले भनिन्, लगभग 320 वर्ष पहिले उनीहरूले सत्य र न्यायको रक्षा गर्न अतुलनीय साहसको परिचय दिएका थिए। राष्ट्रपतिले विशेष गरी नौ वर्षीय बाबा जोरावर सिंह र सात वर्षीय बाबा फतेह सिंहको बहादुरीको उल्लेख गरिन्, जसलाई जिउँदै इँटाको पछाड़ी दफनाइएको थियो। उनले भनिन्, यी महान वीर बालकहरूको बलिदानलाई देश-विदेशमा अझै पनि श्रद्धा र सम्मानका साथ सम्झिन्छ। वीर बाल दिवस केवल बहादुरीको सम्झना मात्र होइन, देशभक्ति र राष्ट्रिय एकताको उत्सव पनि हो।
राष्ट्रपतिले भनिन्, जुन देशका बच्चाहरू उच्च आदर्श र देशभक्तिले ओतप्रोत हुन्छन्, त्यहाँ मानवता र यसको भविष्य दुवै सुरक्षित हुन्छ। उनले यो पनि उल्लेख गरिन् कि आज महान क्रान्तिकारी शहीद उधम सिंहको जयन्तीको शुभ अवसर हो र यस अवसरमा उनले देशवासीहरूको तर्फबाट उनलाई सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गरिन्।
उनले आफ्नो सम्बोधनमा भनिन्, प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कारले बालबालिकाहरूलाई देशका अन्य बालबालिकाहरूलाई अगाड़ी बढ्न प्रेरित गर्न प्रोत्साहित गर्दछ। यस वर्ष सम्मानित सबै 20 बालबालिकाले विभिन्न क्षेत्रमा असाधारण प्रतिभा प्रदर्शन गरेको र आ-आफ्नो विषयमा उत्कृष्ट प्रदर्शन गरिरहेकोमा उनले खुशी व्यक्त गरिन्।
राष्ट्रपतिले पुरस्कार प्राप्त गर्ने सबैभन्दा कम आयुकी वाका लक्ष्मी प्राज्ञिका केवल सात वर्षकी भएको उल्लेख गर्दै प्रतिभाको कुनै उमेर हुँदैन भन्ने कुरा दर्शाउँछ भनिन्। उनले भनिन्, यस्ता प्रतिभाशाली बालबालिकाका कारण भारतलाई विश्वव्यापी मञ्चमा उदाउँदो शक्तिको रूपमा हेरिएको छ। उनले अजय राज र मोहम्मद सिदान पी जस्ता बालबालिकाको प्रशंसा गरिन्, जसले आफ्नो बहादुरी र विवेकद्वारा अरूको जीवन बचाए।
राष्ट्रपतिले भावुक हुँदै अरूलाई बचाउँदै आफ्नो जीवन बलिदान दिने बालबालिकालाई पनि सम्झिन्। उनले नौ वर्षीया व्योमा प्रिया र 11 वर्षीय कमलेश कुमारको उल्लेख गर्दै भनिन् कि आज उनीहरूका आमाबाबुले पुरस्कार प्राप्त गरेका छन्। उनले उनीहरूको आत्माको शान्तिको लागि प्रार्थना गरिन्।
उनले अपरेशन सिन्दूरको समय सीमामा तैनाथ भारतीय सेनाका सैनिकहरूलाई दूध, पानी र लस्सी पुर्यााउने 10 वर्षीय शवण सिंहको पनि प्रशंसा गरिन् औं भनिन्, यस्ता उदाहरणहरू समाजका लागि प्रेरणादायी हुन्। उनले यी सबै साहसी र प्रतिभाशाली बालबालिकाहरूले राम्रो काम गरिरहनेछन् र उनीहरूको उपलब्धिले अन्य बालबालिकाहरूलाई प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गरिन्।
केन्द्रिय महिला तथा बाल विकास मन्त्री अन्नपूर्णा देवी, राज्यमन्त्री सावित्री ठाकुर र अन्य धेरै विशिष्ट व्यक्तिहरू समारोहमा उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी