
नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको पहिलो पुण्यतिथिमा कांग्रेस लगायत विभिन्न राजनीतिक दलका नेताहरूले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा उनको योगदानको सम्झना गरे।
कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेले एक्स-पोस्टमा भनेका छन्, डा. मनमोहन सिंह भारतको राष्ट्र निर्माणमा एक परिवर्तनकारी नेता थिए। उनले आर्थिक सुधारहरू मार्फत देशको आर्थिक दिशा परिवर्तन गरे र करोड़ौ मानिसहरूलाई गरीबीबाट बाहिर निकाल्नमा महत्वपूर्ण भूमिका खेले। उनको नम्रता, सत्यनिष्ठा र समावेशी विकासको दृष्टिकोण सधैं प्रेरणाको स्रोत रहनेछ।
श्रद्धाञ्जली अर्पण गर्दै लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले भने, डा. मनमोहन सिंहको दूरदर्शी नेतृत्वले भारतलाई आर्थिक रूपमा सशक्त बनायो। वञ्चित र गरीबहरूका लागि उनको ऐतिहासिक प्रयास र साहसिक निर्णयहरूले भारतलाई विश्वव्यापी मञ्चमा नयाँ पहिचान दियो।
कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले भनिन्, मनमोहन सिंह समानतामा विश्वास गर्थे, दृढ निश्चयी र सम्मानजनक व्यक्तित्वका धनी थिए। उनको सरलता, इमानदारी र देशप्रतिको समर्पणले सधैं प्रेरणा दिनेछ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले डा. मनमोहन सिंहलाई ‘पद्म विभूषण’ ले सम्मानित महान व्यक्तित्व बताउँदै भने, अर्थमन्त्री र प्रधानमन्त्रीको रूपमा उनले देशको विकासमा अमूल्य योगदान पुर्या्एका छन्।
दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता, मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादव र असमका मुख्यमन्त्री हिमंत विश्व शर्मा लगायत अन्य नेताहरूले पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई उनको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जली अर्पण गरे।
26 सेप्टेम्बर 1932 मा पञ्जाबमा जन्मेका सिंहले 1952 र 1954 मा पञ्जाब विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक र स्नातकोत्तर डिग्री हासिल गरे। उनले 1957 मा क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा ट्रिपोस पूरा गरे। त्यसपछि उनले 1962 मा अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा डी.फिल. गरे। 26 दिसम्बर 2024 मा देशका 13औं प्रधानमन्त्री र 24औं अर्थमन्त्री मनमोहन सिंहको उमेर सम्बन्धी जटिलताका कारण 92 वर्षको उमेरमा निधन भयो।
हिन्दुस्थान समाचार / भवानी थामी