
बिजापुर, 29 दिसम्बर (हि.स.)। छत्तीसगढ़को बिजापुर जिल्लामा गंगालूर थाना औ डीआरजी बीडीएस टीमका जवानहरूले सोमवार नक्सलीहरूद्वारा जड़ान गरिएको दश किलोग्राम वजन भएको आईईडीलाई निष्क्रिय बनाइदिएका छन्।
बिजापुर एसपी जितेन्द्र यादवले यसको पुष्टि गर्दै बताए, डीआरजी बिजापुर र थाना गंगालूरको संयुक्त टीमले मुनगा-पेद्दाकोरमा क्षेत्रमा एक अभियान संचालन गऱ्यो। अभियानको क्रममा डिमाइनिंग कारबाही गर्दै मुनगा रोडदेखि केही टाड़ा पगडण्डी मार्गमा नक्सलीहरूद्वारा जड़ान गरिएको 10 किलोग्रामको आईईडी जफत गरियो। बीडीएस बिजापुरको टीमद्वारा सुरक्षा मानदण्डहरूको पालन गर्दै उक्त आईईडीलाई घटनास्थलमै सुरक्षित रूपमा निष्क्रिय पारियो।
एसपीले भने, सुरक्षा बलहरूको सतर्कता, बुद्धिमता एवं तत्काल कारबाहीबाट नक्सलीहरूको षड़यन्त्रलाई विफल बनाइयो। क्षेत्रमा शान्ति एवं सुरक्षा कायम राख्नको लागि अग्रिम सर्चिग एवं एरिया डमिनेशन अभियान जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा