
दार्जिलिङ, 29 दिसम्बर (हि.स.)। दार्जिलिङ पहाडमा एउटा नयाँ राजनीतिक दलको उदय भएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (सुवासवादी) वा गोरामुमो (सुवासवादी) नामक नयाँ राजनीतिक दलको गठन गरिएको छ।
सोमवार दार्जिलिङको जीडीएनएस हलमा आयोजित एक कार्यक्रममा उक्त नयाँ राजनीतिक पार्टीको घोषणा गरिएको हो। उक्त नयाँ राजनीतिक पार्टी गोरामुमो (सुवासवादी) गोरामुमोका पुराना एवं संस्थापक वरिष्ठ सदस्यहरु मिलेर गठन गरिएको हो। यसमा पूर्व पार्षद भानु लामा, पूर्व काउन्सिलर केएन सुब्बा, भीम सुब्बा लगायत सुवास घिसिङका नजिकका र पुराना वरिष्ठ व्यक्तिहरु सामेल छन्। यस नयाँ राजनीतिक पार्टीको संयोजक भानु लामा रहेका छन्।
पूर्व पार्षद एवं गोरामुमो सुवासवादीका संयोजक भानु लामाले यो गोरामुमोको बी टिम होइन, तर पहाडमा सदैव गोरामुमो र सुवास घिसिङको नाम रहनुपर्छ भन्ने उद्देश्यका साथमा नयाँ गठन गरिएको नयॉं राजनीतिक दल रहेको स्पष्ट पारे। उनले सुवास घिसिङ र उनको पार्टी सधैं पहाडमा रहनुपर्छ, त्यसैले उनको नाम थपेर यो दल गठन गरिएको बताए। उनले भने, 'यस नयाँ दलको मुख्य माग छैटौं अनुसूची हुनेछ, जुन २००३ देखि हाम्रो माग हो।'
हिन्दुस्थान समाचार / हनोक