दिल्ली प्रदूषणमाथि सौरभ भारले सरकारलाई घेरे, भने-प्रदेश सरकार पूर्ण रूपमा उदासीन
दिल्ली प्रदूषणमाथि सौरभ भारले सरकारलाई घेरे, भने-प्रदेश सरकार पूर्ण रूपमा उदासीन


नयाँ दिल्ली, 29 दिसम्बर (हि.स.)। आम आदमी पार्टी (आआपा)- का दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले सोमवार राजधानीको लगातार खस्किँदो प्रदूषणको स्तरलाई लिएर दिल्ली सरकारलाई लक्षित गरे। उनले भने, दिल्लीमा प्रदूषण खतरनाक स्तरमा पुगिसकेको छ, तर प्रदेश सरकार पूर्ण रूपमा उदासीन भएको छ।

सौरभ भारद्वाजले बताए, गए आइतवार राती दिल्लीका केही क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक (एक्यूआई) 900 भन्दा अधिक पुग्यो जुन अत्यन्त चिन्ताजनक हो। तथापि सरकारले कुनै ठोस कदम उठाएको देखिएन।

उनले पराल जलाएको मुद्दामा पञ्जाबलाई दोष्याउन अस्वीकार गर्दै भने, पञ्जाबमा हाल पराल कतै पनि जलाएको छैन, त्यसैले दिल्ली सरकारले प्रदूषणको लागि पञ्जाबलाई जिम्मेवार ठहराउन सक्दैन।

आआपा नेताले आरोप लगाए, निर्माण गतिविधिहरूमाथि प्रतिबन्ध लगाउनु पर्ने ठाउँमा सरकारी निर्माण कार्य व्यापक रूपमा भइरहेको छ। उच्चतम न्यायालयले निर्देश दिएको भए पनि टोल प्लाजालाई फ्री गरिएको छैन जसबाट लामो ट्राफिक जाम लागिरहेको छ र प्रदूषण झन् बढ़िरहेको छ।

पर्यावरण मन्त्रीको बयानमाथि कटाक्ष गर्दै भारद्वाजले भने, मन्त्रीको यो दाबी छ कि मनिटरिंग स्टेशन नजिक पानी छर्किनाले नोक्सान हुनसक्छ। उनले प्रश्न गरे, यदि यस्तो हो भने यो स्टेशन हरेक मनसुनमा कसरी सुरक्षित रहन्छ? उनले भने, यस किसिमको बयानले शासनमा बसेका मानिसहरूको वैज्ञानिक दृष्टिकोण र दूरदर्शिताको अभावलाई दर्शाउँछ। भारद्वाजले आरोप लगाए, जनताको स्वास्थ्यसित जोड़िएको गम्भीर मुद्दामा सरकारले देखावटी कदम मात्र उठाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande