
कोलकाता, 29 दिसम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा न्यू टाउनमा दुर्गा आँगन परियोजनाको उद्घाटन गरिन अगावै राजनीतिक माहोल तातिएको छ। भारतीय जनता पार्टी (भाजपा)-ले यस परियोजनालाई लिएर मुख्यमन्त्रीमाथि धारिलो प्रहार गर्दै यसलाई तुष्टिकरणको राजनीतिको थप अर्को उदाहरण बताएको छ।
भाजपाको सूचना प्रौद्योगिकी प्रकोष्ठका प्रमुख औ पश्चिम बंगालका सहपर्यवेक्षक अमित मालवीयले सोमवार सोशल मीडियाको माध्यमबाट बयान जारी गरी बताए, सल्ट लेक स्टेडियममा लियोनेल मेसीसित सम्बन्धित कार्यक्रममा अव्यवस्था भएपछि अब मुख्यमन्त्री देवी दुर्गाको छविलाई नोक्सान पुऱ्याउन लागिपरेकी छन्।
अमित मालवीयले भने, दुर्गा आँगन परियोजना तुष्टिकरण र देखावटीले भरिएको छ जुन ममता ब्यानर्जीको राजनीतिक पहिचान नै बनिसकेको छ। उनको आरोप छ, यो परियोजनाले बंगाली हिन्दुहरूको आस्था अनि विश्वासको उपहास गर्छ अनि भक्तिलाई केवल भोट ब्यांक प्रबन्धनको माध्यम बनाइएको छ।
भाजपा नेताले यो पनि दाबी गरे, न्यू टाउनमा पहिला जुन स्थानमा दुर्गा आँगन बनाइएको थियो, त्यहाँ केही मुस्लिम निवासीहरूले विरोध गरेका थिए। उनको भनाइ छ, विरोध गर्नेहरूको दाबी थियो कि त्यो जमीन मुस्लिमहरूबाट अधिग्रहित गरिएको थियो र त्यसको पहिचान मुस्लिम जमीनको रूपमै छ। यस विरोध पश्चात मुख्यमन्त्री डराइन् अनि पहिलाबाटै ठेका दिइएको भएपनि जमीन समतलीकरणको कार्यलाई अचानक रोकियो।
मालवीय अनुसार अहिलेसम्ममा यस परियोजनामा लगभग दश कड़ोर रुपियाँ खर्च भइसकेको छ, तर धरातलमा केही पनि देखिँदैन। पछि हतार-हतार अर्को नयाँ स्थानलाई चयन गरियो जुन पहिला औद्योगिक एकाईको लागि निर्धारित थियो। उनले आरोप लगाए, त्यहाँ कहिल्यै पनि उद्योग आएन, त्यसैले त्यस जमीनलाई कब्जा गरियो, तर न त भूमि उपयोगमा बद्लाउ गरियो न मास्टर प्लानमै संशोधन।
भाजपा नेताले आरोप लगाए, डराएर लिइएको फसेला, तुष्टिकरणको निम्ति योजनालाई किनारकृत गर्नु तथा राजनीतिक सुविधाको लागि कड़ोरौं रुपियाँको सार्वजनिक धनलाई बर्बाद गर्नु, आस्था, पारदर्शिता एवं जनताको भरोसाको मूल्यमा गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा